arrow
ADVERTISEMENT

एमाले सचिव दुलाल सहितका एमालेका कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
dulal-bhaktapur.jpg

भक्तपुर । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ को नेकपा एमालेका वडा सचिव भरत दुलाल सहितका एमालेका कार्यकर्ता युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस भक्तपुर पार्टी सभापति दुर्लभ थापा, पार्टी सचिव निसान ढुङ्गेल लगायतले नव प्रवेशीहरुलाई स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा १ नम्बर क्षेत्रीय सभापति जीवन खत्री, नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्ण लाल भडेल, १ नम्बर क्षेत्रीय सचिव जनक खत्री र नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य उमेश खड्का लगायत नेपाली कांग्रेसका नेताहरू सहभागी थिए ।

नवप्रवेशी दुलालले आफू नेपाली कांग्रेसमा प्रवेश गर्न पाउँदा खुशी व्यक्त गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको लागि आफूहरू कहिले पनि विचलित नहुने बताए। उनले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी अरू नभएको बताउँदै सबै युवाहरूलाई लोकतन्त्रको पक्षेमा लाग्न अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ