- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्पेनिश क्लब रियाल मड्रिड र इङ्गलिश प्रिमियर क्लब चेल्सीले बराबरी खेलेका छन् ।
मंगलबार राति रियालको अस्थायी घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
अल्फ्रेडो डी स्टेफानोमा भएको रोमान्चक खेलमा शुरुवाती अग्रता लिएर पनि चेल्सीले जित भने निकालेन ।
खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
२९ औं मिनेटमै करिम बेन्जिमाले गोल गर्दै रियाललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । यो बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना उत्तिकै रहेको छ । तर दोस्रो लेग घरेलु मैदानमा खेल्न पाउँदा फाइदा चेल्सीलाई हुन सक्छ ।
दोस्रो लेगको खेल आगामी मे ६ तारिखमा चेल्सीको मैदानमा हुनेछ ।
बुधबार रातिको अर्को सेमिफाइनल
बुधबार रातिको अर्को सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर सिटी भिड्दै छन् ।
पहिलो लेगको खेल पीएसजीको मैदानमा हुँदैछ । खेल राति १२ः४५ बजे शुरु हुनेछ ।