- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य र पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आफ्ना केन्द्रीय सदस्य र कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समिति बैठक स्थगित गरेको छ ।
काँग्रेस पार्टी कार्यालयका अनुसार केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, महामन्त्री पूणर्बहादुर खड्काका सवारी चालक तथा पिएसओ र पार्टी केन्द्रीय कार्यालयका कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।
काग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले केही नेता तथा कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आज बुधवारका लागि बोलाइएको बैठक स्थगित गरिएको जानकारी दिए ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले समेत विज्ञप्ति जारी गर्दै बैठक स्थगित गरिएको जनाएका छन् । उनले केही नेता तथा कर्मचारीमा सङ्क्रमण पुष्टि हुनु र काँग्रेस केन्द्रीय समिति १२७ जनाको सङ्ख्यामा रहेकाले ठुलो सङ्ख्यामा भीड गरेर बैठक गर्नु अनुपयुक्त भएकाले बैठक स्थगित गरिएको जानकारी दिए ।