arrow

पीएसजीले अतिथि सत्कार गर्दा खायो गोल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
psg-mancity.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । फ्रेन्च क्लब पीएसजीलाई इङ्गलिश क्लब म्यानचेस्टर सिटीले पराजित गरेको हो । 

बुधबार राति भएको खेलमा सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा पीएसजीले खेलको १५ औं मिनेटमै माक्र्विनोसको गोलमा अग्रता लियो । त्यसपछि भने केभिन डी ब्रुने र रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । 

अतिथि सत्कार गरिरहेको पीएसजीका इद्रिस गना गुयेले खराब ट्याकल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो । 

पीएसजीको मैदानमा जित हासिल गरेको सिटी फाइनल पुग्नका लागि बलियो देखिएको छ । 

दोस्रो लेगको खेल सिटीको मैदानमा हुनेछ । दोस्रो लेग मे ४ तारिखको राति सिटीको मैदानमा हुनेछ । 

अर्को सेमिफाइनलमा चेल्सी र रियाल मड्रिड भिडिरहेका छन् । पहिले लेग १–१ गोलको बराबरी खेलेकामा दोस्रो लेग ५ मे को राति चेल्सीको मैदानमा हुनेछ । 



नयाँ