- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सभामुख दमननाथ ढुङ्गानालाई पनि कोरोना भाइरसको महामारीले छोएको छ ।
उनले सामाजिक संजाल ट्वीटरमाफृत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोरोनाको नयाँ लहरले आफूलाई पनि गाँजेको लेखेका छन् ।
हाल उनको स्वास्थ्य ठीक रहेको छ । उनले लेखेका छन्, ‘सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो । उस्तो अप्ठ्यारो त भएको छैन । आफ्नो ख्याल गरिरहेको छु।’
नेता ढुङ्गानाले ‘समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?’ भनी प्रश्नसमेत गरेका छन् ।