arrow

भक्तपुरमा मृत्यु संस्कार वा अत्यन्तै जरुरीका लागि वडा कार्यालयबाट अनुमति लिनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
bhaktapur-1619763664.jpg

काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका अवधीमा मृत्यु संस्कार वा अत्यन्तै जरुरीका लागि स्थानीय तहको वडा कार्यालयबाट अनुमति लिन अनुरोध गरेको छ ।

यही बैशाख १६ गतेदेखि २२ गतेसम्म जारी निषेधाज्ञाका बेला अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनी सवारी पास माग्ने गरिएपछि प्रशासनले नयाँ सूचना जारी गरेको हो ।

प्रशासकीय अधिकृत यज्ञराज जोशीद्वारा जारी सूचनामा निषेधाज्ञा अवधिभर आवश्यक सेवाका बस्तु तथा सवारी साधनहरु, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्था, विमा लगायत नेपाल राष्ट्रबाट इजाजत प्राप्त वित्तिय कारोबार गर्ने संस्थाका कर्मचारी, एयरपोर्ट जाने आउने यात्रुहरुको हकमा सवारी पास आवश्यक नपर्ने भएकाले त्यस्ता कार्यमा हिडडुल गर्दा अवरोध भए सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न अनुरोध गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ