arrow

गङ्गालाल अस्पताल दुई सय शय्याको बनाइने

logo
प्रकाशित २०७३ असार १४ मंगलबार
gangalalhospital.jpg.jpeg
काठमाडौँ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र आगामी साउनबाट २०० शय्याको हुने भएको छ । बिरामीको चाप बढ्दै गएपछि १६० शय्या भएको अस्पतालमा ४० शय्या थप गर्न लागिएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए । २०५२ सालमा स्थापना गरिएको अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् । 
 
सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ । केन्द्रमा गरिब बिरामी भनी १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार २०६४/६५ सालमा ७१३ बिरामीको उपचार गरेको छ । 
 
त्यसैगरी, २०६५/६६ मा ६२७, २०६६/६७ मा ६४८, २०६७/६८ मा ७७६, २०६८/६९ मा ७२१, २०६९/७० मा ६६१, २०७०/७१ मा ६४७ र २०७१/७२ सालमा ५५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ । 
 
सरकारले १५ वर्षमुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३/०६४ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । 
 
यस्तै, सरकारले आर्थिक वर्ष २०६४/६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशल्क उपचार गर्ने व्यवस्था गरेको छ । २०६४/६५ मा ६६ जना, ७५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको उपचार गरेको प्रशासन प्रमुख खड्काले बताए । सरकारले २०६४/६५ देखि २०७१/७२ सम्म एक हजार ८१ जना ज्येष्ठ नागरिकको उपचार गरेको जानकारी खड्काले दिए । 
 
आव २०६६/६७ बाट मुटुको भल्ब साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६/६७ बाट आव २०७१/७२ सम्म दुई हजार ३७२ बिरामीको मुटुको भल्ब साँघुरिएको भल्ब बेलुनद्वारा फुलाउने पिटिएमसी प्रविधिबाट उपचार गरिएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ