arrow

नबिल बैङ्कले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
nabil-accure-united-finance.jpg

काठमाडौँ। नबिल बैङ्कले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने भएको छ। शुक्रवार नबिल बैङ्कले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता भएको बैङ्कले जनाएको छ।

बैङ्कका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नबिलले युनाइटेडलाई ३५ रुपैयाँ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो।

प्राप्तिपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र सञ्चालक समिति पनि नबिल बैङ्ककै रहने गरी सम्झौता भएको छ। उक्त सम्झौता पश्चात् प्राप्तिका लागि नेपाल राष्ट्र बैङ्कमा स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइने छ र समयमै स्वीकृति पाएमा यथाशीघ्र संयुक्त कारोबार नबिल बैङ्कले गर्ने बैङ्कले जनाएको छ।

सोही अनुसार नबिल बैङ्कको शाखा सञ्जाल वृद्धि भई १४७ हुनेछ। नबिल बैङ्कको काठमाडौँ उपत्यका भित्र मात्र शाखा सञ्जाल वृद्धि भई ३७ हुनेछ। एटिएम सङ्ख्या भने १९० हुनेछ। चैत्र मसान्तको वित्तीय विवरण अनुसार निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुनेछ। यसले गर्दा नबिल बैङ्कको कर्जा एवं निक्षेप दुवैको आकार २ खर्ब माथि हुनेछ।

नबिल बैङ्कले मर्जर तथा प्राप्ति प्रक्रियामा जान पहिलो पटक यस वर्षको साधारण सभाबाट पारित गरेको थियो र सोही बर्सनै प्राप्ति सम्झौताको घोषणा पनि गरेको छ। यो प्राप्तिसँगै नबिल बैङ्कले बजारमा आङ्खनो नवीन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुने बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ