arrow

कास्कीमा कांग्रेसको क्रियासिल सदस्य ह्वात्तै बढे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
nepali-congress-flag-tree00.jpg

पोखरा । कास्कीमा नेपाली कांग्रेसको क्रियासिल सदस्य संख्या ह्वात्तै बढेको छ ।अघिल्लो पटकभन्दा यस पटक कांग्रेसको सदस्यता करिब सात हजारले बढेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए ।

अघिल्लो पटक करिब १२ दुई सय जना रहेकोमा यस पटक बढेर १९ हजार १४ जना रहेको उनले बताए । सभापति केसीका अनुसार केही अघि कांग्रेसमा विलय भएको अखण्ड नेपालको तर्फबाट सदस्यता बनेका केही सदस्य थप्न बाँकी छ । उनीहरु तर्फको सदस्य सिधै केन्द्रमा पुगेकाले केन्द्रबाटै फाइनल भएर आउने बताइएको छ ।

कास्कीमा यसअघि बनेका १२ हजार दुई सय क्रियाशील सदस्यमध्ये करिब १० हजार तीन सयले मात्रै नवीकरण गराएका छन् । यस पटक करिब नौ हजार नयाँ सदस्य थपिएको सभापति केसीले जानकारी दिए । कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरण यहि वैशाख १५ गते बुधबारदेखि सकिएको हो ।



नयाँ