arrow

प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
kp-oli-balwatar-1619929949.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनका विश्वास पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै एकाएक केन्द्रमा समेत भुइँचालो जाँदा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । तर उनले बैठकका एजेण्डा भने खुलाएनन् । उनले भने, ‘हामीलाई बोलाइएको छ एजेण्डा त्यहीँ गएरै थाहा हुन्छ ।’

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै आएको छ । तर लुम्बिनी प्रदेशमा पहिरो गएपछि ओलीको पनि सातो गएको छ । 

२०७४ को निर्वाचनपछि पहिलो पटक लुम्बिनी प्रदेशमा सत्ता परिवर्तन हुन लागेको हो । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि यो चक्र अब अन्य प्रदेशमा पनि फैलिने बताइन्छ । 

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, केपी ओलीको सहयोगी बन्न काठमाडौं आउँदै 

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव परे पनि उनले भने एमालेकै चार सांसदहरुको ‘फ्लोर क्रस’ का कारण विश्वासको मत लिएका थिए । 

उनी माओवादी केन्द्रका हुन् । 

ओलीका विश्वासीहरु गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । चुनावकै दिन जनमोर्चाका सांसद र एमालेकै राजीव गुरुङ (दीपक मनाङे) बेपत्ता भएपछि चुनाव बिथोलिएको थियो । 

दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले खेलकुद मन्त्री बनाइसकेका छन् । 

अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै दिए लुम्बिनीका मुख्यमन्त्री पोखरेलले राजीनामा

यही गति प्रदेश १ र बागमती प्रदेशमा पनि रहेको छ । 

यद्यपि आइतबारको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ