arrow

हेटौंडा अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु  

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७८ वैशाख २० सोमबार
hetauda-hospital-1620022576.jpeg

हेटौंडा । हेटौंडा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा २ संक्रमितको मृत्यु  भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविण श्रेष्ठले पुष्टि गरे ।

आइतबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका –१ निवासी ५५ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको थियो । त्यस्तै सोमबार बिहान बाराको अमलेखगन्ज निवासी ४६ वर्षका पुरुष संक्रमितको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

आइतबार एन्टिजिन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि इमर्जेन्सी वार्डमा उपचारका लागि आएका हेटौंडा–१ का पुरुषलाई स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्न खोज्दा मृत्यु भएको बताइएको छ ।

त्यस्तै बारामा कोरोना पुष्टि भएपछि उपचारका लागि आइतबार राति १२ बजे हेटौंडा अस्पतालको आइसोलेसनमा भर्ना भएका अमलेखगन्जका संक्रमित पुरुषको स्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको डाटा अनुसार हाल जिल्लामा कोभिड सक्रिय संक्रमित साढे छ सय रहेका छन् ।  

जसमा ६१५ जना होम आइसोलेसनमा बसेका छन् भने २९ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ