- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले बैठक भोली मंगलबार बस्ने गरी स्थगित भएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने भन्दै राष्टपतिले संसद अधिवेशन आव्हान गरेपछि कांग्रेसले आकस्मिक रुपमा आज २ बजेका लागि पदाधिकारीसहित पूर्व पदाधिकारीको बैठक बोलाएको थियो ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बैठक मंगलबार बस्नेगरी सारिएको हो ।