arrow

टाटा मोटर्सद्वारा महामारी विरुद्ध अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरूलाई विशेष योजना सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
sipradi-tata-frontliner.jpg

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नोवल करोना भाइरस महामारी विरुद्ध अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ।

यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्‍याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरू लगायत यस महामारीमा अग्रपङ्क्तिमा रहेर सेवा पुर्‍याउने सम्पूर्ण व्यक्तिहरू यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

यस योजना अनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरू बाहेक थप सुविधा प्राप्त गर्न सक्ने छन्। जसमा विशेष नगद छुट एक लाख ५० हजारका साथ साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई थप  ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज बोनस, र टाटाको गाडीसँग टाटाको गाडी साट्दा लोयल्टी बोनस स्वरूप ३० हजार प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै गाडीहरूको होम डेलिभरीको सुविधा पनि रहेको छ।

सो योजनामा सहभागी हुन चाहने यस महामारी विरुद्ध अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरूका लागि १ मे २०२१ देखि बुकिङ खुल्ला गरिएको छ भने ३१ मे २०२१ सम्म यस योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ। साथै उल्लेखित लिङ्कमा गई विस्तृत जानकारी प्राप्त गर्न सकिने छ।

आपत्कालीन समयमा पनि कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएको खण्डमा, २४ घण्टा नै सेवामा खटिएको जानकारी गराइएको छ। सेवा लिन सिप्रदीको टोल फ्री नम्बर (नेपाल टेलिकम- १६६००१५५७७७, एनसेल- ९८०१५७५७७७) मा सम्पर्क गर्न सकिने छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ