arrow

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्तः नयाँ प्रदेश प्रमुखको सपथको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
gandaki-pradesh.JPG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदबाट हटाएकी छन् ।

राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।

वालुवाटारमा अहिले जारी मन्त्रीपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणर्य गरेको एक मन्त्रीले जानकारी दिए ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ