arrow

कोरोना संक्रमणबाट म्याग्दीका एक पुरुषको पोखरामा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
covid-test-positive-corona_1618150029.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट म्याग्दीका एक जनाको मृत्यु भएको छ । म्याग्दीको मंगला गाउँपालिका वडा नं. ६ का ७६ वर्षका एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

ती पुरुषमा यही वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार यो सहित म्याग्दीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म पाँच जना पुगेको छ । म्याग्दीमा हाल सक्रिय संक्रमितको संख्या ७१ जना रहेको छ । म्याग्दीमा ३४९ जना संक्रमित भएकोमा २७४ जना निको भएका छन् । 

कोरोना संक्रमण फैलिंदै गएपछि म्याग्दीमा १० दिन कडा लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या हालसम्म २३३ जनाको पुगेको डा. शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ