- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्गलिश प्रिमियर लिगको उपाधि नजिक पुगेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको पनि उपाधि नजिक पुगेको छ ।
सिटी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्ने क्रममा सिटीले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको हो ।
पहिलो लेगमा उसमै मैदानमा २–१ गोल अन्तरको जित निकालेको सिटीले दोस्रो लेगको खेलमा मंगलबार राति घरेलु मैदानमा २–० गोल अन्तरको सहज जित निकाल्यो ।
समग्रमा सिटी ४–१ गोल अन्तरको नतिजासहित फाइनलमा पुगेको हो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन दुवै गोल अल्जेरियन विंगर रियाद महरेजले गरे ।
खेलको ११ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित सुनिश्चित गरे ।
पीएसजीले १० खेलाडीमा सिमिति रहदै खेलको अन्त्य गरेको थियो । एन्जल डी मारिया रातो कार्ड खादै मैदान बाहिरिएपछि लिग वान क्लब १० खेलाडीमा सिमित बनेको थियो ।
सिटी यो उपाधि जिते एकै वर्ष तीन उपाधि जित्नेछ । प्रिमियर लिगको उपाधिको नजिक रहेको सिटीले यसअघि कारबाओ कपको उपाधि जितिसकेको छ ।
अर्को सेमिफाइनल
अर्को सेमिफाइनलमा इङ्गलिश क्लब चेल्सी र स्पेनिश क्लब रियाल मड्रिड भिड्दै छन् । खेल बुधबार राति १२ः४५ बजे चेल्सीको मैदानमा हुनेछ ।
पहिलो लेगमा रियाल मड्रिडको मैदानमा १–१ गोलको बराबरी भएको थियो । बुधबारको खेलमा चेल्सीलाई सहज हुनेछ भने रियाल दबाबमा हुनेछ ।
च्याम्पियन्स लिगको फाइनल खेल भने मे २९ तारिखमा टर्कीको इस्तानबुलमा हुनेछ ।