arrow

राष्ट्रियसभा निर्वाचनमा ओली पक्ष हराउन विपक्षी एक ठाउँमा

 बागमतीमा देवकोटा उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
election-commission1-1618997712.jpg

काठमाडौं । राष्ट्रिय सभाको ६ जेठमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा एमालेको केपी शर्मा ओली बाहेकका मुख्य दलहरुबीच गठबन्धन हुने भएको छ ।

बागमती प्रदेशमा रिक्त सदस्य पदमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्षबीच गठवन्धन हुने भएको हो । 
यो समुहले बागमती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा खिमलाल देवकोटालाई अघि बढाउने निर्णय गरेको छ । उनी नेकपा एकता हुँदा प्रचण्ड-नेपाल समूहसँग निकट थिए ।

बुधबार विहान जसपा अध्यक्ष उपेन्द्र यादवको हात्तिवनस्थित निवासमा भएको ती दलका नेताहरुको छलफल पछि यो निर्णय भएको हो । एमालेको ओली पक्षले भने बागमतीमा रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा रिक्त एक पदमा भने कांग्रेसका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई सघाउने विषयमा सहमती भएको छ । राष्ट्रिय सभामा उम्मेदवारको विषय सहित २७ गते प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने विषयमा मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच छलफल भएको थियो ।

लुम्बिनीमा भने एमालेबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दुर्गानारायण पाण्डे कांग्रेसमा प्रवेश गरेकाले उनैलाई उम्मेदवार बनाउने सम्भावना छ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता हुन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ