- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीमा करेन्ट लागेर एकको मुत्यु भएको छ । मुत्यु हुनेमा पर्सा गाउँपालिका ५ का वर्ष ५२ की सेवो देवी पासवानको मुत्यु भएको हो ।
बुधवार साँझ घाँस काट्ने क्रममा पर्साबाट पिपरा जाने पुल नजिकैको मेनलाइनको पोलमा अर्थिङको तारमा छुन पुग्दा मुत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर मुत्यु भयपछि परिवारका अन्य सदसेले घरमा ल्याई राखेको भन्ने खबर प्राप्त हुना साथ प्रहरीको टोली गई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत मदन कुँवरले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।