arrow

दक्षिण चीन सागरको विषयमा चीन-अमेरिकाबीच तनाव जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
china-fighter-jet-south-china-sea.jpeg

काठमाडौं। इन्डो प्यासिफिकमा नियन्त्रणका लागि चीनको बढ्दो प्रयासबीच दुई प्रतिद्वन्द्वी महाशक्ति चीन र अमेरिकाले यस सप्ताहन्तको साङ्ग्रिला संवाद सुरक्षा शिखर सम्मेलनमा आ-आफ्नो स्थितिलाई समर्थन गर्न जारी राखेका छन् ।

कोभिड-१९ महामारीका कारण दुई वर्षसम्म सारिएको १९औँ साङ्ग्रिला संवाद सिंगापुरमा शुक्रबारदेखि आइतबारसम्म आयोजना गरिएको थियो। संवाद खासगरी एसिया प्रशान्त क्षेत्रको सुरक्षा र व्यवहार्य समाधानहरूमा केन्द्रित रहेको थियो ।

शिखर सम्मेलनमा ४० भन्दा बढी देश वा क्षेत्रका प्रतिनिधिहरूले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका विषयमा विचार आदानप्रदान गरेका थिए। चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार पहिलो पटक आमनेसामने भेटघाट भएको थियो।

सो क्रममा ताइवानको मुद्दालाई लिएर वासिङ्टनले बेइजिङले टापुमा रहेको यथास्थिति परिवर्तन गर्न खोजिरहेको र बेइजिङले अमेरिकाले ताइवानलाई हतियार बिक्रीको निन्दा गरेपछि विवाद भएको थियो ।

अस्टिनले बारम्बार चीनलाई रक्षा विभागको लागि पेसिङ चुनौतीको रूपमा वर्णन गरेका छन् । उनले इन्डो प्यासिफिक क्षेत्र संयुक्त राज्य अमेरिकाको प्राथमिकता भएको बताएका छन् ।

चीनले प्रशान्त टापु राष्ट्रहरूसँग समुद्री पुलिसिंगमा आफ्नो भूमिका विस्तार, साइबर एवं सुरक्षा क्षेत्रको सहकार्यसहित क्षेत्रीय सम्झौता खोजिरहेको विषयलाई उदृत गर्दै अस्टिनले यस्तो टिप्पणी गरेका हुन् ।

बाइडेन र आर्डर्नले दक्षिण चीन सागरमा अवैध समुद्री दाबी र गतिविधिहरूको पनि विरोध गरेका छन् । नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र विशेष गरी संयुक्त राष्ट्र संघ कन्भेन्सन अन दि ल अफ दि सी (युएनसीएलओएस) विपरीत भएको भन्दै उनीहरूले दक्षिण चीन सागर र त्यसभन्दा बाहिरको नेभिगेसन र ओभरफ्लाइटको स्वतन्त्रताको लागि समर्थन पुनः पुष्टि गरेका छन् ।

यसबाहेक वासिङटन र बेइजिङ बीचको तनावपूर्ण सम्बन्धलाई अमेरिकी सांसदको प्रतिनिधिमण्डलले हालै ताइवानको भ्रमण गरेको विषयले झन् उचालेको छ ।

बेइजिङले ताइवानमा पूर्ण सार्वभौमसत्ता दाबी गर्दै आएको छ । मुख्य भूमि चीनको दक्षिणपूर्वी तटमा अवस्थित लगभग साढे दुई करोड जनसंख्या भएको लोकतान्त्रिक देश हो ताइवान । मुख्य भुमि चीन र ताइवान करिब ७ दशकदेखि पूर्णरुपमा अलग अलग शासन व्यवस्थामा रहि आएका छन् ।

अर्कोतर्फ ताइपेई (ताइवानको राजधानी) ले बेइजिङले बारम्बार विरोध गर्दै आएको अमेरिकालगायत लोकतान्त्रिक मुलुकसँग रणनीतिक सम्बन्ध बढाएर चिनियाँ आक्रमणको प्रतिकार गर्दै आएको छ ।

चीनले भने ताइवानको स्वतन्त्रता खोज्नु भनेको युद्ध हो भनेर धम्की दिएको छ। चीनले सोमबारसमेत ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा ३० वटा लडाकु विमान पठाएको छ । जुन चार महिना यताकै दैनिक पठाउँदै आएको संख्या भन्दा बढी हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ