arrow

दक्षिण चीन सागरमा चिनियाँ जेटले अमेरिकी विमानलाई ठक्कर हान्न खोजेपछि...

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
chinese-jet-us-plane-jet.jpg

काठमाडौं । गत हप्ता दक्षिण चीन सागरमा एक चिनियाँ सैन्य विमान अमेरिकी जेटको निकै नजिक आएको र टक्कर हुनबाट बच्न अमेरिकी जेटले असुरक्षित तरिकाले उडान गर्न बाध्य पारेको अमेरिकी सेनाले जनाएको छ ।

घटना डिसेम्बर २१ को हो त्यो दिन चिनियाँ नौसेनाको जे-११ लडाकु जेट अमेरिकी युएस आरसी-१३५ विमानको ३ मिटर नजिक आएको थियो । 

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो विमानमा करिब ३० जना सवार रहेको बताएको छ ।

'हामी इन्डो-प्यासिफिक क्षेत्रका सबै देशहरूले सुरक्षित र अन्तर्राष्ट्रिय कानून बमोजिम अन्तर्राष्ट्रिय एयरस्पेस प्रयोग गर्ने अपेक्षा गर्दछौँ,' विज्ञप्तिमा अघि भनिएको छ ।

इन्डो प्यासिफिक कमाण्ड विवादित दक्षिण चीन सागर क्षेत्रमा अमेरिकी सैन्य कारबाहीहरूको निरीक्षण गर्न जिम्मेवार छ।

अमेरिकी सेनाले चिनियाँ जेटले असुरक्षित चाल गरेको दाबी गरेको छ । सोही कारण अमेरिकी जेटलाई यसबाट बच्नको लागि भाग्ने स्थितिमा उडान गर्न बाध्य पारेको थियो। 

अमेरिकी सेनाले चिनियाँ जेट अमेरिकी रिकन विमानको नजिक रहेको भिडियो पनि सेयर गरेको छ । अमेरिकी सेनाका प्रवक्ताले रोयटर्स समाचार एजेन्सीसँग बोल्दै चिनियाँ जेट अमेरिकी विमानको पखेटाको १० फिट भित्र र अगाडिको भागबाट २० फिट भित्र आएको बताएका छन्।

यसअघि पनि अमेरिकी र क्यानेडाली लगायतका मुलुकका विमानहरूसँग चिनियाँ विमानले टक्कर गर्नै आँटेको घटनाहरू सार्वजनिक हुँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ