arrow

दक्षिण चीन सागरको मुद्दामा फिलिपिन्समाथि खनियो चीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
china-sea.png

काठमाडौँ । फिलिपिन्सले दक्षिण चीन सागरको मुद्दालाई थप विवादित बनाउने र अन्तरराष्ट्रिय समुदायलाई भ्रमित पार्ने कार्य बन्द गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार बताएका छन् ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले मार्च १२ मा बर्लिनमा जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट गरेपछि फिलिपिन्सले "चीनले हामीलाई गरेको कुनै पनि प्रस्ताव र आफ्नो '१०-ड्यास लाइन' मा जुन विस्तृत दावीलाई आधार बनाएको छ त्यो कुनै पनि देश, कुनै पनि अन्तरराष्ट्रिय निकायद्वारा मान्यता प्राप्त छैन।" भन्ने विषयमा नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता वाङले सो टिप्पणी गरेका हुन् ।

प्रवक्ता वाङले नान्हाइ झुडाओ र सान्दर्भिक जलको खोज, नामकरण र अन्वेषण गर्ने चीन पहिलो राष्ट्र भएको भन्दै नान्हाइ झुदाओ र सम्बन्धित जलमाथि निरन्तर, शान्तिपूर्ण र प्रभावकारी रूपमा सार्वभौम अधिकार र क्षेत्राधिकार प्रयोग गर्ने पनि पहिलो राष्ट्र भएको स्पष्ट पारेका छन् । 

दोस्रो विश्वयुद्धपछि चिनियाँ सरकारले क्यारो घोषणा र चीन विरुद्धको आक्रामक युद्धका क्रममा जापानले अवैध रूपमा कब्जा गरेको नानहाइ झुदाओमा सार्वभौमसत्ताको अभ्यासलाई पुन: प्राप्त गरेको दाबी गरेको छ ।

'चीनको 'साउथ चाइना सी' मा क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार र चासो छ र नानहाइ झुडाओमा चीनको सार्वभौमसत्ता छ; चीनको आन्तरिक जल, प्रादेशिक समुद्र र नान्हाइ झुडाओमा आधारित क्षेत्र छ; चीनसँग विशेष आर्थिक क्षेत्र र महाद्वीपीय शेल्फ छ । दक्षिण चीन सागरमा चीनको ऐतिहासिक अधिकार छ र उपर्युक्त विषय र सन्दर्भ अन्तरराष्ट्रिय कानुन र अभ्याससँग सुसङ्गत छन्, वाङले पत्रकार सम्मेलनमा स्पष्ट पारेका छन् । 

"फिलिपिन्स पक्षले अन्तरराष्ट्रिय समुदायलाई भ्रममा पार्ने, दक्षिण चीन सागरको मुद्दालाई विवाद बढाउन उक्साउने र यस क्षेत्रमा शान्ति र स्थिरतालाई कमजोर पार्न बाह्य शक्तिको चलखेल गरादने खेल बन्द गर्नुपर्छ," वाङले भने ।

प्रवक्ता वाङले भने- दक्षिण चीन सागर मुद्दालाई सम्बोधन गर्न चीन आफ्नो क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार र हितको रक्षा गर्न दृढ छ र ऐतिहासिक तथ्यलाई सम्मान गर्दै प्रत्यक्ष सरोकारवाला देशहरूसँग वार्ता र परामर्शद्वारा समुद्री मतभेदहरू समाधान गर्न तयार छ।
 
साथै वाङले दक्षिण चीन सागरमा देखिएका मतभेदको समाधानका लागि विचाराधीन विषयलाई गम्भीरतापूर्वक लिदै समुद्रको स्थिति व्यवस्थापन गर्न शान्ति र स्थायित्वको रक्षा गर्न प्रत्यक्ष सरोकारवाला देशहरूसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ