arrow

गैर कानुनी सम्पत्ति आर्जनको आरोप

टेलिकमका पूर्व प्रबन्ध निर्देशक र मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशकलाई थुनामा राख्न अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
sunil-bikal-paudel-telecom.jpg

काठमाडौँ । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशकलाई थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ । गैर कानुनी सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।

 भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि पक्राउ परेका नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा राख्न अनुमति दिइएको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार दुवैलाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ