arrow

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
special-court.jpg

काठमाडौँ । विशेष अदालतले आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । अदालतले पछिल्लो ८ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताएको हो । 

अदालतका प्रवक्ता धनबहादुर कार्कीले फागुन मसान्तसम्मको अवधिमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताए । उनले अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३५९ थान मुद्दा र यस आर्थिक वर्षमा दर्ता भएका १२७ गरी ४८६ थान मुद्दामध्ये ३२७ थान मुद्दा फर्छ्यौट गरेको बताए । उनले कुल मुद्दाको सङ्ख्या हेर्दा हालसम्मको अवधिमा ६७.२८ प्रतिशत रहेको पनि बताए ।

 उनले यस आर्थिक वर्षको अन्त्यसम्ममा पुराना सबै मुद्दा र नयाँ दर्ता भएकामध्ये ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेको बताए । उनले अहिलेकै गतिमा काम गर्दै जाँदा अदालतको लक्ष्य ११७ थान दुई वर्ष नागेका मुद्दा अहिले १६ थान मात्रै बाँकी रहेको भन्दै असारसम्म लक्ष्य पूरा गर्ने बताए । उनले लक्ष्य अनुसारका मुद्दाहरू फर्छ्यौट गर्नको लागि व्यवस्थापनमा परिवर्तन ल्याएको बताए ।

 उनले विशेष अदालतमा फागुन मसान्तसम्म कुल १५९ थान मुद्दा बाँकी रहेको र यस आर्थिक वर्षको अन्त्यसम्ममा नयाँ र पुरानो सबै गर्दा लगतमा कुल ५२७ थान पुग्ने अनुमान गरिएको बताए । उनले आर्थिक वर्षको अन्त्यसम्ममा ४४३ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा लक्ष्यभन्दा बढी मुद्दा फैसला हुने गरी काम भइरहेको प्रवक्ता कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ