arrow

विशेष अदालतले आगामी असार मसान्तसम्म पुराना मुद्दा फर्छ्यौट गरिसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
special-court.jpg

काठमाडौँ ।विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरू आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्ने लक्ष्य राखेको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो । 

पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुद्दा असार मसान्तसम्म सकिसक्ने कार्य योजनाअनुसार काम गरिरहेको बताए । 

उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरू पनि असार मसान्तसम्म ५० प्रतिशत फर्छ्यौट गरिसक्ने कार्ययोजना रहेको बताए । उनले गत साउनदेखि मङ्सिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताए । 

उनले अघिल्लो आर्थिक वर्ष अर्थात् असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताए । उनले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताए । उनले जसमध्ये १२३ थान (२८.३४प्रतिशत) फर्छ्यौट भएको बताए । 

उनले बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको बताए । विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानूनी सम्पत्ति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पत्ति शुद्धीकरणका मुद्दा २९ रहेको बताए । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।

उनले भने, ‘हामीसँग अघिल्लो आर्थिक वर्ष अर्थात् असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान थिए । साउनदेखि मङ्सिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएका छन् । जम्मा लगत भनेको अहिले हामीसँग ४३४ थान मुद्दा रहेका छन् । यसमा १२३ थान फर्छ्यौट भएको छ । टोटल लगतको २८.३४ प्रतिशत फर्छ्यौट भएर हामीसँग ३११ थान मुद्दा बाँकी छ । बाँकी मध्ये पनि हामीसँग २ वर्ष नाघेका मुद्दा ७२ थान देखिन्छ । अहिले २ थान सकिएर ७० थान २ वर्ष नाघेका मुद्दा बाँकी छ । हामीसँग गैरकानूनी सम्पत्ति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पत्ति शुद्धीकरणका मुद्दा २९ रहेका छन् । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको छ । नयाँ तर्फ ५ महिनामा ११ थान फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फर्छ्यौट भएको छ । टोटलमा हेर्दा १३६ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा ११८ थान फर्छ्यौट भएर ८६.७६ प्रतिशत फर्छ्यौट भएको छ । पुराना मुद्दा ३५९ जुन छन्, ती मुद्दा असार मसान्तसम्म सबै मुद्दा फर्छ्यौट गर्ने कार्य योजनाले तोकेको छ । हामी अहिले साउनदेखि असारसम्म जति मुद्दा दर्ता हुन्छन्, त्यसको ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने कार्ययोजना बनाएका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ