arrow

सिभिल सहकारी ठगीमा अदालतले इच्छाराजलाई सुनायो सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
ichharaj-tamang-.jpg

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो । 

अदालतले आइतबार सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोवमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ जरिवाना हुने फैसला गरेको हो । 

सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै आइतबार सजाय निर्धारणका लागि पेशी तोकेको थियो ।

 निजकी श्रीमती सृजना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र रु एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ जरिवाना हुने फैसला गरेको छ ।

सोही मुद्दाका केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र रु २५ करोड ६५ लाख ८६ हजार एक सय २४ बिगो तिर्नुपर्ने फैसला गरेको छ । 

अदालतले इच्छाराज तामाङ, सृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला गरेको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका छजनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ