arrow

गण्डकी प्रदेशसभा बैठक वैशाख २७ गते बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
gandaki-pradesh.JPG

पोखरा । अघिल्लो बुधबार स्थगित गण्डकी प्रदेशसभा बैठक २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि स्थगन गरिएको थियो । 

आफ्नो पार्टीका सांसद खिमविक्रम शाही हराएको भन्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले जीवनरक्षाको माग गर्दै निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगन गरेका थिए।

आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले वैशाख २७ गते बैठक बोलाउने निर्णय गरेको बताइएको छ ।  योसंगै प्रदेशसभा बैठक र संघीय संसदको बैठक एकैदिन परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ