arrow

विपदमा सहयोगी हात

जावलाखेल ग्रुपका संस्थापक अध्यक्ष शाहबाट अक्सिजन प्लान्ट राख्न एक करोड ३५ लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
bijaya-shah-jgi.jpg
फाइल तस्बिर : जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाह

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन्।कोरोना भाइरसको महामारीका कारण अक्सिजनको अभावले बिरामीहरुको ज्यान जान थालेपछि शाहले धुलिखेल अस्पताललाई अक्सिजन प्लान्ट राख्नका लागि र अस्पतालको आईसीयू विस्तारका लागि उक्त रकम उपलब्ध गराउने भएका हुन्।

उनले आइतबार वा सोमबार उक्त रकम अस्पताललाई हस्तान्तरण गर्ने बताइएको छ। नेपालकै सबैभन्दा ठूलो व्यक्तिगत करदाता शाहले १ करोड ३४ लाख २५ हजार रुपैयाँ दिन लागेका हुन्। आवश्यकता अनुसार अक्सिजन सप्लाइ प्रणाली उपकरण खरिद र त्यसबाट बचेको रकम आईसीयूका साथै अन्य अस्पतालको सेवामा खर्च गर्ने गरी रकम उपलब्ध गराउन लागिएको हो।

धुलिखेल सामुदायिक अस्पताललाई सहयोग गर्दा विपन्न समूदायलाई पनि सहयोग हुने भएकाले सोही अस्पताल रोजिएको जावलाखेल ग्रुपले जनाएको छ।

कोरोनाका कारण अहिले देशभर अक्सिजनको हाराकार भएकाले त्यसलाई न्यूनिकरण गर्न सहयोगी हात अगाडि बढाएको शाहको भनाइ छ। सबै मिलेर विपदबाट पार पाउनु अहिलेको सबैभन्दा ठूलो उद्धेश्य हुनुपर्ने पनि शाहको भनाइ छ।

जावलाखेल ग्रुपले यसअघि पनि कोभिडको महामारी फैलिएपछि पटक पटक सहयोग गर्दै आइरहेको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल ग्रुपमार्फत शाहले विभिन्न ठाउँमा सहयोग गर्दै आएका छन्। यसअघि २०७२ सालको गोरखा भूकम्पले पुर्‍याएको क्षतिपछि पनि शाहले ठूलो रकम सहयोग गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ