arrow

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना मुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
khim-bikram-1619687086.jpg

पोखरा । गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते कोरोना संक्रमित भएका थिए ।

उनको नवौं दिन अर्थात शुक्रबार गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसियूमा बसेका थिए । १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनी आइतबार आफ्नै निवास फर्कदै छन् ।

वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा सांसद शाही कसैलाई खबर नै नगरि बेपत्ता भएका थिए ।

खोजी गर्नेक्रममा उनी चरक अस्पतालको आइसियूमा भेटिएका थिए । उनलाई राज्य पक्षले नै वेपत्ता पारिएको भन्दै विभिन्न टिकाटिप्पणी भएको थियो ।  
सांसद शाही वेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाले संसदमा निवेदन दिएपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबार ११ बजे बस्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ