arrow

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । विशेष गरी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न विशेष अधिवेशन बोलाइएको थियो ।

तर मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि बैठकको औचित्य नभएको भन्दै बैठक अन्त्य गरिएको बताइएको छ ।

आइतबार नै प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभा सचिवालयमा पत्र गएको थियो । सोही पत्र बमोजिम संसद्को अधिवेशन अन्त्य गरिएको हो । 

यसैबिच राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपले फिर्ता लिएको छ । सो पार्टीले समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गराएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ