arrow

सोमबार पाल्पाका ८१ जना संक्रमितले जिते कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
Palpa.jpg.jpeg

पाल्पा । पाल्पामा सोमबार ८१ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लाका विभिन्न स्थानका ८१ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

निको हुनेमा तानसेनका ५३, निस्दीका १, तिनाउका ५, रिब्दीकोटका ५, बगनासकालीका ४, पूर्वखोलाका १, रम्भाका १, रैनादेवीछहराका ३, रामपुरका ३ र माथागढीका ५ जना कोरोना संक्रमित निको भएका हुन् ।
         
घरमै उपचार गरेका र अस्पतालमा उपचार गरेका कोरोना संक्रमित निको भएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । पाल्पामा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या एक हजार १ सय ३१ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ