arrow

गण्डकी प्रदेश

जनमोर्चाका कृष्ण थापा संसदीय दलको नेताबाट बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
krishan-thapa-gandaki-janamorcha1623317055.jpg

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्ण थापालाई दलको नेताबाट बर्खास्त भएका छन् । उनलाई दलको नेताबाट बर्खास्त गरिएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराइएको छ । 

जनमोर्चाकी सचेतक पियारी थापाले कृष्ण थापालाई दलको नेताबाट बर्खास्त गरिएको जानकारी सभामुखलाई गराएकी हुन् ।

प्रदेशको सत्ता रस्साकस्सीमा निकै खटिएका सो पार्टीका केन्द्रीय महासचिव मनोजमणि भट्टले पनि थापालाई दलको नेताबाट बर्खास्त गरिएको जानकारी गराएका छन् ।

दलको नेताबाट हटाइए पनि उनको सांसद पद भने यथावत् छ । थापाले पार्टी ह्विप उल्लङ्घन गरेको भन्दै जनमोर्चाले स्पष्टीकरण सोधेको थियो । 

गण्डकीमा सत्ताको रस्साकस्सी तीव्र रूपमा भइरहेको छ । केही दिनअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी मोर्चाले हस्ताक्षर अभियान सङ्कलन गरेको थियो । यस क्रममा जनमोर्चाका सांसद एवं संसदीय दलका नेता कृष्ण थापाले हस्ताक्षर गर्न अस्वीकार गरेपछि विपक्षी गठबन्धन अघि बढ्न सकेको छैन । 

प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आज दिउसो ४ बजे सकिंदैछ । त्यसपश्चात् मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नै नियुक्त हुनेछन् । उनले एक महिनाभित्र विश्वासको मत पुराउनुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ