arrow

गण्डकीमा चार दलले बुझाए ३० जनाको हस्ताक्षर, बहुमत पुग्ने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेशमा चार दलले नयाँ सरकार गठनको दाबी गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । नयाँ सरकारको दाबी गर्दै काँग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाएका हुन् । 

सरकार गठनका लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एक जनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि सङ्ख्या पुगेको दाबी सहित पत्र बुझाएको अनुमान गरिएको छ । 

गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार कृष्ण चन्द्र नेपाली पोखरेल रहेका छन् । प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दाबीसहितको पत्र प्रदेश प्रमुख सीता पौडेल समक्ष बुझाएको बताइन्छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ