arrow

जनमोर्चाका सांसद खिमविक्रमले भनेः म तटस्थ छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
khim-bikram-1619687086.jpg

काठमाडौं । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू सत्ता वा विपक्ष कुनैपनि गठवन्धनमा नभएको र तटस्थ रहेको बताएका छन् ।

गण्डकी प्रदेशमा विपक्षी दलहरुको गठवन्धनमा आफ्नोसमेत नाम जोडिएको भन्दै उनले केही बेरअघि विज्ञप्ति जारी गरेर आफू कुनै पनि पक्षमा नरहेको भनेका हुन् । उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आफ्नो हस्ताक्षर भएको भनेर आएका समाचारप्रति ध्यानाकर्षण भएकोसमेत भनेका छन् ।

यसअघि आज नै जनमोर्चाकै सांसद कृष्ण थापाले पनि विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए भने उनी पो्खराबाट बाग्लुङ गएर बसेका छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलले आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव दर्ता गरेपछि शाहीले विज्ञप्ति जारी गरेका हुन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा गरी चार दलले पोखरेललाई प्रस्ताव गर्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार बनाउनका लागि दिएको समय चार बजे सकिएको छ । प्रदेश प्रमुखबाट बुधबार दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन रहेको बहुमत प्रदेश सदस्यहरुको समर्थन लिएर प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भनी आहवान भएको थियो । गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन् । सो प्रदेशमा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ