arrow

कृष्णचन्द्रलाई मुख्यमन्त्री बनाउन गण्डकी प्रदेश प्रमुखलाई निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
gandaki-pradesh.JPG

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव दर्ता गरिएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि चार दलले पोखरेललाई प्रस्ताव गर्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गराएका हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार बनाउनका लागि दिएको समय सकिन केही बेरअघि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले कांग्रेसका पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेका हुन् ।

प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन रहेको बहुमत प्रदेश सदस्यहरुको समर्थन लिएर प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भनी आव्हान भएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि सो प्रदेशमा सरकार बनाउन प्रतिपक्षमा रहेका दलहरु दौडधुपमा छन् । प्रदेश प्रमुख पौडेलले दिएको समयसीमा आज बुधबार ४ बजे सकिएको हो ।

बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी पोखरेलले आफूलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका हुन् । गण्डकी प्रदेशसभामा ६० जना सदस्य छन् । सो प्रदेशमा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ