arrow

हाम्रो पात्रोले ल्यायो डायरी झैँ लेख्न मिल्ने नोट फिचर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
hamro-patro-web-notes.jpg

काठमाडौँ। नेपालको सबैभन्दा लोकप्रिय एप ‘’हाम्रो पात्रो’ले ‘नोट्स’ फिचर ल्याएको छ। व्यस्त दैनिकी बन्दै जाँदा आफ्ना दैनिक कामकाजहरूलाई टिपोट गरेर राख्नका लागि ‘डायरी’ झैँ सुविधा यो फिचरले दिनेछ।

नोटस फिचरमा बिल भुक्तानी मिति, जन्मदिन, मिटिङलगायतका महत्त्वपूर्ण कुराहरू टिपेर राख्न सकिने छ। नोट फिचरमा कुनै पनि कुराहरू आफूले चाहे अनुसारको कलर अनुसार लेख्न सकिने छ।

फेसबुक, ट्विटर या गुगलका माध्यमबाट लगइन गरेर प्रयोग गर्न सकिने नोट फिचर हाल एन्ड्रोइड र वेब भर्जनमा उपलब्ध  ट्विटर या गुगलका माध्यमबाट लगइन गरेर प्रयोग गर्न सकिने नोट फिचर हाल एन्ड्रोइड र वेब भर्जनमा उपलब्ध छ भने कम्पनीले चाँडै आईओएसका लागि पनि फिचर सार्वजनिक गर्ने भएको छ।

प्रयोगकर्तालाई स्मरण गराउन यो कुनै पनि नोट मोबाइलको होम पेजमा रहने छ भने, कुनै अर्को मोबाइल वा ब्राउजरबाट लगइन गर्दा समेत हराउने छैन। हाम्रो पात्रोले निरन्तर रूपमा आफ्ना प्रयोगकर्तालाई नयाँ नयाँ फिचर ल्याउँदै एकै प्लेटफर्ममार्फत धेरै सुविधा दिँदै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ