arrow

"एकका लागि एक" अभियानले झापामा अक्सिजन बैङ्क स्थापना गर्दै

सङ्घसंस्थाद्वारा सहयोगको प्रतिबद्धता

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ जेठ १ शनिबार
oxygen-jhapa.jpg

झापा। कोरोना भाइरस महामारीको दोस्रो लहरले विश्वलाई नै आक्रान्त बनाएको बेला  नेपाल भरका अस्पतालहरूमा बिरामीहरूको अत्यधिक चाप बढेको छ। देशका अधिकांश अस्पतालहरूमा उपचारका लागि आवश्यक पर्ने अक्सिजनको अभाव हुन थालेको छ। अक्सिजन उत्पादन नगर्ने उद्योगको आपूर्तिले मागलाई धान्न नसक्दा बिरामीहरूका आफन्तहरू आफै अक्सिजन उत्पादन गर्ने उद्योगमा पुग्ने गरेका छन्।

यस्तो विषम परिस्थितिलाई मध्यनजर गरेर झापामा "एकका लागि एक" अभियानले अक्सिजन बैङ्क स्थापना गर्दै चीनबाट ४ सय भन्दा बढी अक्सिजन सिलिन्डर आयात गर्ने भएको छ। कोरोना भाइरसको नयाँ भेरिअन्ट सहितको सङ्क्रमण बढिरहेको अवस्थामा अक्सिजन अभावमा कोही पनि झापालीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्य राखी अभियानले अक्सिजन सिलिन्डर आयात गर्ने भएको हो।

अभियानले चीनबाट ४ सय भन्दा बढी अक्सिजन सिलिन्डर आयात गर्ने अभियानका संयोजक महेन्द्र गिरीले आज पत्रकार हरू सँग गरिएको भर्चुअल  अन्तरसंवाद मार्फत जानकारी दिएका हुन्।

अभियानले १ करोड रुपैयाँको अनुमानित लागतमा अक्सिजन सिलिन्डर आयात गर्ने  लक्ष्य राखेको छ। साथै सोही अभियान मार्फत एक्स–रे मेसिन जडान गर्ने, बिरामीहरूका निम्ति डाक्टरहरूसँगको परामर्श सेवा, कोभिडका बिरामीहरूलाई खानाको अभाव भए सहयोग गर्ने लगायतका कार्यक्रमहरू रहेको अभियानका सह-संयोजक विनोद बस्नेतले अन्तरसंवाद मार्फत जानकारी गराएका छन्। साथै अभियानको लक्ष्य सफल पार्न देश विदेशमा रहेका विभिन्न सङ्घ संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिबद्धता अन्तरगत सहारा नेपाल साकोस प्रालिले १ सय वटा अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ। त्यस्तै अन्तर्राष्ट्रिय झापाली समाज, झापा सहकारी सङ्घ लगायत विभिन्न सङ्घ संस्थाहरूले सहयोगको प्रतिबद्धता जाहेर गरेका छन्। अभियानमा जोडिँदै सङ्घ संस्था लगायत  व्यक्तिगत रूपमा पनि सहयोग जुट्ने क्रम जारी रहेको अभियानका संयोजक गिरीले जानकारी दिएका छन्।

अभियानले गत वर्ष पनि कोरोना महामारीको समयमा झापा, मोरङ र सुनसरीका २ हजार बढी परिवारलाई राहत वितरण, प्लाज्मा बैङ्क स्थापना, पिसिआर परीक्षण प्रयोगशाला स्थापना लगायतका काममा सफलता हासिल गरिसकेको छ।

आज शनिवार झापाका सक्रिय पत्रकारहरू साथै सामाजिक अभियन्ताहरूसँग गरिएको भर्चुअल अन्तर संवाद मार्फत देश विदेशमा रहेका सबै झापाली सङ्घ संस्था तथा व्यक्तिगत रूपमा साथ सहयोग गर्न चाहने सहयोगी मन हरूलाई सहयोग जुटाउन अभियानले आह्वान समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ