arrow

बोइङका कर्मचारीले सेप्टेम्बरदेखि थालेको हड्ताल बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
boing-protest-24.jpg

काठमाडौँ । विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् । ३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वीकार गर्ने पक्षमा मतदान गरेपछि सेप्टेम्बर १३ देखि जारी आन्दोलन सकिएको घोषणा गरिएको छ ।

५९ प्रतिशत कमर्चारीले कम्पनिले दिएको अफर स्वीकार गर्ने पक्षमा मतदान गर्दै आन्दोलन समाप्त पार्ने निर्णय गरेका हुन् । यसअघि दुई साताअघि भएको मतदानमा कम्पनीको अफर स्वीकार नगर्ने पक्षमा ६४ प्रतिशतले मतदान गरेका थिए ।

कम्पनीले कमर्चारीलाई तुरुन्तै १३ प्रतिशत पारिश्रमिक बढाउने भएको छ भने अर्को दुई वर्ष ९–९ प्रतिशत पारिश्रमिक बढाउने प्रस्ताव गरेको छ । त्यस्तै चौथो र पाँचौं वर्षमा ७–७ प्रतिशत बढाउने बताएको छ ।

बोइङ अमेरिकाको अर्थतन्त्रको प्रमुख योगदानकर्ता हो । यो अमेरिकाको सबैभन्दा ठूलो निर्यातकर्ता पनि हो । कर्मचारीको आन्दोलनका करण बोइङको १० हजार आपूर्तिमा समस्या भएको थियो । 

बोइङले अमेरिकाको अर्थतन्त्रमा ७९ बिलियन डलर योगदान गर्छ भने प्रत्यक्ष र अप्रत्यक्ष १६ लाख रोजगार दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ