- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । ‘फिन इलेक्ट्रो टेक २०२४’ कार्तिक २९ गतेदेखि काठमाडौँमा हुने भएको छ । विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण कार्तिक २९ देखि मंसिर २ गतेसम्म हुने भएको हो ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरको आयोजनामा हुने उक्त टेक भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
विद्युत जस्तो संवेदनशील क्षेत्रमा व्यवसाय गर्ने विद्युत् व्यवसायीहरुको यस संस्थाले सदैव आफ्ना सदस्य मार्फत सुरक्षालाई ध्यानमा राखेर नविनतम र गुणस्तरीय सामग्री बिक्री वितरणमा अविभावककत्व गर्दै आएकाले आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यले फिन इलेक्ट्रो टेक २०२४ आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
यस वर्षको नारा ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ रहने छ । उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु पनि प्रदर्शनी अवधिभर सञ्चालन गरिने जनाइएको छ ।
उक्त इलेक्ट्रो टेकमा स्वदेशी उत्पादनलगायत भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु प्रदर्शनमा रहेको जनाइएको छ ।