- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बिहीबार नेप्से परिसूचक करिब १४ अंकले बढेको छ । आज नेप्से १३।९५ अंकले बढेर २७४८.७८ विन्दुमा बन्द भएको छ ।
आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार भएको थियो ।
आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज रावा इनर्जीको शेयर मूल्यमा सबैभन्दा बढी ९।१२ प्रतिशतको गिरावट देखिएको छ ।
त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३५ करोड २४ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने ग्रीनलाइफ हाइड्रोको सबै भन्दा बढी ७ लाख ३४ हजार ६९३ कित्ता शेयर कारोबार भएको छ ।