- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा सुनीलकुमार शर्माले कांग्रेस केन्द्रीय सदस्य एवं वन राज्यमन्त्री रुपा विकसँग भाइटीका लगाएका छन् ।
उनले मन्त्री विकसँग भाइटीकामा जोडिएको दाजुबहिनीको पवित्र जुगौँजुगसम्म जीवन्त रहोस् भनी कामनासमेत गरेका छन् । सामाजिक सञ्जालमा लेखेर उनले पवित्र सम्बन्धको चर्चा गरेका हुन् ।
मन्त्री विकले शनिबार डा शर्मालाई फोन गरेर टीकाका लागि निम्तो गरेपछि केही समय आफू भावविह्लल भएको र निम्तो सहजै स्वीकारेर मन्त्री विकको हातको टीका लगाउन मन्त्री क्वार्टरमा पुगेको उनले बताए ।
मोरङ क्षेत्र नम्बर ३ का सांसद शर्मा फराकिलो मतान्तरले विजयी हुने सांसद हुन् । उनले सांसद बापतको तलब लिँदैनन् । उनी समाजसेवामा निकै नै अगाडि छन् । स्वास्थ्य सेवाको माध्यमबाट उनले न्यून आय भएकाहरुको स्वास्थ्यमा सघाउ पुर्याउँदै आएका छन् ।
डा शर्माले सम्हालेपछि काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले देशका धेरैजसो ठाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधासमेत थपेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर हजारौँको निःशुल्क उपचार गरेको छ । साथै शल्यक्रियासमेत बिरामीको आर्थिक स्थिति हेरेर निःशुल्कसमेत गर्दै आएका छन् ।
उनी आफैँले भन्ने गर्छन् कोही पनि नेपाली बिरामीले उपचार नपाएर बस्नु परेको सुन्नु नपरोस् ।
उनले राजनीतिलाई पनि फराकिलो बनाउँदै लगेका छन् । सो क्रममा कांग्रेसभित्र आफ्नो पकड बलियो बनाउँदै गएका डा शर्माले आगामी कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने योजनासमेत बनाएका छन् ।
जस्तासुकै नेता कार्यकर्तासँग घुलमिल भएर आफ्नो भनाइ स्पष्ट राख्न सक्ने क्षमता भएकै कारण उनको राजनीतिक दृष्टिकोणले सही दिशा पहिल्याएको हो ।
मन्त्री विकसँग भाइटीका लगाएपछि यसो लेखेका छन् डा शर्माले–
यसपालिको भाइटीकामा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा वन राज्यमन्त्री रुपा विक बहिनीसँग भाइटीका लगाउने सु–अवसर मिल्यो । २०८१ सालको भाइटीकामा टीका लगाएर गासिएको दाजुबहिनीको पवित्र सम्बन्ध जुगौँजुगसम्म जीवन्त रहोस् । निमन्त्रणाका लागि बहिनीप्रति आभार छु । साथै भाइटीका लगाउने क्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, बागमती प्रदेशका माननीय मन्त्री मधुकुमार श्रेष्ठ, गण्डकी प्रदेशसभा सदस्य दोर्ण कुवरजीसँग पनि भेटघाट भयो ।