arrow

कोरोना महामारी : पोखरामा १८ जनासहित गण्डकी प्रदेशमा २८ जनाको मृत्यु

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ २ आइतबार
Corona-death-covid-nepal.jpg
फाइल तस्विर।

पोखरा । कोरोना सङ्क्रमणबाट गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ३ सय ८३ जना पुगेको छ । आज मृत्यु भएकामध्ये मुस्ताङका एक जना छन् । योसहित मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । 

यस्तै, म्याग्दीका १, गोरखाका एक, लमजुङका दुई, तनहुँका तीन, कास्कीका नौ, बागलुङका दुई, स्याङ्जाका सात र नवलपरासी पूर्वका दुई गरी २८ जनाको मृत्यु भएको गण्डकी प्रदेशका कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए । 

आज मृत्यु भएकामध्ये १८ जनाको उपचारको क्रममा पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको डा. शर्माले जानकारी दिए । 

७ सय ७७ जना सङ्क्रमित थपिए 

गण्डकीमा आज मात्रै ७ सय ७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज गण्डकीका ११ वटै जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । आज भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीका ३८७ जना र सबैभन्दा थोरै मुस्ताङका एक जना छन् ।

यसै गरी मनाङका दुई, म्याग्दीका १२, पर्वतका ९२, गोरखाका ४९, लमजुङका २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, तनहुँका २४, बागलुङका ९९, स्याङ्जाका ६१ र नवलपरासी पूर्वका १२ जनामा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

योसहित गण्डकी प्रदेशमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार १८२ जना पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ