arrow

चालीस हजारमा साओमीको यस्तो स्मार्टफोन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
Picture.jpg

काठमाडौँ । पोको, इन्डस्ट्री रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर आज आफ्नो लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ ।

योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीले भने, “पोकोमा उत्कृष्ट टेक्नोलोजी, यो स्मार्टफोनको लन्चको साथ हामी अहिले सम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली रु ४० हजारमा भित्राउँदै छौँ । फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८६० द्वारा सञ्चालित, पोको एक्स ३ प्रो ले यस्तो सुविधाहरू र प्रदर्शनहरू देखाउँछ जुन अहिले सम्म यस खण्डमा पहिले कहिल्यै देखिएको छैन । 

गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको एक उत्तम संयोजनले पोको एक्स ३ प्रो मा स्मुथ गेमिङ्ग एक्सपेरियन्सको लागि लिक्विडकुल प्लस टेक्नोलोजीको समावेश गरिएको छ र कहिल्यै नसकिने एक्सपेरियन्सको लागि एमएमटी चार्जिङ्ग टेक्नोलोजीबाट निर्मित ठुलो ब्याट्री रहेको छ । हामी यो स्मार्टफोनलाई भित्राउन पाउँदा निकै खुसी छौँ र हाम्रो प्रशंसकहरूको प्रतिक्रियाको प्रतीक्षा गर्नेछौँ ।”

क्वालकम स्न्यापड्रागनत्ः ८६० द्वारा सञ्चालित स्मार्टफोन
पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ ।

 यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ जसले उत्कृष्ट पीक ३प्रोफर्मेन्सको लािग २.९६ गिगाहट्र्जको अधिकतम फ्रिक्वेन्सीको प्रदान गर्दछ । शक्तिशाली एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसरले सुसज्जित यो उपकरणमा बिना कुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेन स्ट्रिम गेम्सहरु रन हुन्छ । एनटुटु स्कोर ४९१०००+ का साथ उपलब्ध पोको एक्स ३ प्रो आफ्नोे सेग्मेन्टमा शक्ति र ३प्रोफर्मेन्सको क्षेत्रमा अनडिस्पूटेड किङ्ग हो ।

अनन्त सम्मका लागि, पिक गेमिङ्ग सेसन र स्थिर अपरेशन अनि फ्रिक्शन रहित प्रयोगकर्ताको अनुभवलाई सुनिश्चित गर्न पोको एफ ३ प्रो मा लिक्विडकुल प्लसको सुविधा रहेको छ– एउटा कुलिङ्ग सलुसन जसमा ठुलो कपर हिट पाइप र ग्राफाइटको मल्टिपल लेएरलाई प्याक गरेर उपकरणको थर्मल क्यापासिटीलाई घटाउने काम गरिन्छ । यो उपकरण टप अफ द लाइन हार्डवेयर जस्तै एलपीडीडीआर४ र युएफएस ३.१ को साथ आउँछ जुन मूल्य खण्डको उद्योगमा छिटो मोबाइल स्टोरेज टेक्नोलोजी हो ,जुन युएफएस ३.० भन्दा ३ गुणा छिटो छ र युएफएस २.१ भन्दा १४ गुणा छिटो रहेको छ ।

स्मुथ र सिमलेस स्मार्टफोनको एक्सपेरियन्सलाई मात्र प्रदान नगरी प्रो–ग्रेड सुविधाहरू र प्रविधिको प्रदान गर्दै गेमरको लागि डिजाइन गरिएको पोको एक्स ३ प्रो ले जेड– शकर ह्याप्टिक मोटरको मद्दतले आफ्नो शक्तिशाली ३प्रोफर्मेन्सका क्षमताहरुलाई पूरा गर्छ र प्रतिव्रिmयाहरुलाई कस्टोमाइज्ड भाइब्रेसन्सका साथ परिभाषित गर्दछ ।

स्मार्ट र छिटो १२० हट्र्जको डिस्प्ले
सबैभन्दा राम्रो प्रस्ताव गर्न परिचित, पोकोले पोको एक्स ३ प्रो को साथ कुनै पनि कसर छोडेको छैन । मोर्डन हाई–रिफ्रेस रेट डिस्प्लेको वरपरको सम्बन्धि चिन्ताहरुलाई दर्शाउने लक्ष्यका साथ उपकरणले रियालिटी फ्लो १२० हट्र्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्लेको प्रस्तुत गर्दछ । यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भ्यारियाबिलिटीलाई बुझ्न र पढ्न सक्ने इन्टिलिजेन्ट डिस्प्ले हो जसले रिफ्रेस रेटलाई ५० हट्र्ज, ६० हट्र्ज, ९० हट्र्ज वा १२० हट्र्जमा आफै एट्जस्ट गर्छ जसले ब्याट्री बचाउँछ र आफ्नो स्मार्टफोनलाई पहिला भन्दा बढी पावर इफिसियन्ट बनाउन मद्दत गर्दछ । यसले गेमिङ्ग जस्तो हाई–क्यापासिटी स्थितिको बेलामा रिफ्रेस रेटलाई माथि र पढ्ने अथवा फिल्म हेर्ने जस्तो लाइटर अपरेशनको बेलामा रिफ्रेस रेटलाई तल पार्छ ।

अनइन्टरप्टेड एज टु एज अवलोकनको अनुभवको लागि उपकरणमा १६.९ सेन्टिमिटर(६.६७) फूल एचडी+को डिस्प्ले २४००ह१०८०उ रेजोलुसनको साथ डट–टाइप बेजेल–लेसको समावेश गरिएको छ जसलाई फ्ल्यागशिप लेभल कर्निङ्ग गोरिल्ला ग्लास ६ ले सुरक्षित गरिएको छ । यसमा २४० हट्र्जको टच स्याम्पलिङ्ग रेट पनि रहेको छ जसले स्मुथ ल्याग–फ्रिपफर्मेन्सलाई दर्शाउँछ । यो डिस्प्लेले पञ्ची भिभिड रंगहरु र एचडीआर १० को सर्पोटको साथ स्टनिङ्ग भिजुअल र कन्ट्रास्टको प्रस्तुत गर्दछ ।

प्रो ४८ एमपी क्वाड क्यामेरा सेटअप
पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ-१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ-२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याव्रmो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् जसले एक प्रभावशाली क्वाड क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ । भर्सटाइल क्यामेरा सेटअपमा २० एमपीको फ्रन्ट क्यामेरा छ जसले प्राकृतिक दृश्यलाई कब्जा गरि ट्रु टु लाइफ कलर क्वालिटीलाई प्याक गरेर प्रयोगकर्ताहरुलाई राम्रो सेल्फी र फोटो खिच्न मद्दत गर्दछ ।

यो उपकरणले ३०-६० एफपीयसमा ४ के भिडियो रेकर्डिङ्गलाई समर्थन गर्दछ र कन्टेन्ट व्रिmएसन र सोसियल मिडियाको स्टोरिजको लागि उच्च क्वालिटी प्रदान गर्न स्मुथ भिडियो जुम, फोकस पिकिङ्ग र एई-एएफ लक भ्लगमोडका साथ विभिन्न फिचर्सहरुलाई प्रस्तुत गर्दछ । यसका साथ साथै यसमा नाइट मोड २.०, लङ्ग एक्सपोजर, क्लोन फोटो र भिडियो मोड जस्ता फिचर्सहरु पनि आउँदै छन् जसले व्रिmएटर्सहरुलाई बेसिक स्मार्टफोन फोटोग्राफी बाहेक अन्य कार्य गर्नका लागि मद्दत गर्दछ ।

प्रो ब्याट्री प्रो चार्जिङ्गका साथ
पोको एक्स ३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँछ जुन यसको क्याटेगोरीमा सबैभन्दा ठुलो ब्याट्री मध्यको एक हो । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ । यो उपकरणमा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पनि रहेको छ र यसले २६ वाटको युएसबी पीडी चार्जलाई सपोर्ट गर्छ जुन यसको खण्डको सबैभन्दा छिटो पीडी सर्पोट हो ।

प्रो फोन, प्रो सुविधाहरू
इमर्सिभ अडियो एक्सपेरियन्सलाई प्रस्तुत गर्दै, पोको एक्स ३ प्रोमा डुअल स्टेरियो स्पिकर रहेको छ र यो हाई–रेस अडियो हो जुन आप्टएक्स™ एचडीबाट प्रमाणित छ । यसले समग्रमा मल्टिमिडिया र इमर्सिभ गेमिङ्ग एक्सपेरियन्सको लागि ठुलो र स्पष्ट ध्वनी प्रदान गर्दछ ।

स्मार्ट कार्यक्षमतालाई फिचर गर्दै उपकरणमा रहेको स्पीकरहरुमा स्वतः सफा गर्ने क्षमता रहेको छ जसले स्थिर अपरेशनलाई सुनिश्चित गर्छ र लामो रनमा स्पष्ट अडियो क्वालिटी प्रदान गर्दछ । उपकरणलाई दुर्घटनात्मक झर्न र स्क््रयाचहरुबाट सुरक्षित राख्दै पोको एक्स ३ प्रो आइपी ५३ सर्टिफिकेसनको साथ आउँछ जसले यो सुनिश्चित गर्छ कि यो उपकरण रफ वेदर कन्डिसन्समा धुलो र पानी इन्गे्रस हुनबाट सुरक्षित छ ।

प्रडक्ट पिक्चर
पोको एक्स ३ प्रो
उपलब्धता र मूल्यः
पोको एक्स ३ प्रो तीन वटा विविध रंगहरुमा उपलब्ध हुनेछः ग्राफाइट ब्ल्याक,स्टील ब्लु र गाल्डेन ब्रन्ज ।

यो नेपाली रु ३१,९९९ (६ जीबी+१२८ जीबी ) र रु ३६,९९९ (८ जीबी+२५६ जीबी ) को सुपथ मूल्यमा अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा ०३ जेठ २०७८ देखि उपलब्ध हुनेछ ।
“एभरिथिङ्ग यु निड एण्ड नथिङ्ग यु डोन्ट”को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो ग्राहकहरु माझ यो दर्शनलाई पूरा गर्न जारी गर्दछ र आफ्नो पोर्टफोलियोमा लेटेस्ट थपका साथ नयाँ ग्राहकहरुलाई आकर्षित पार्दछ ।
६ जीबी+१२८ जीबीको भेरियन्टः नेपाली रु ३१,९९९
८ जीबी+२५६ जीबीको भेरियन्टः नेपाली रु ३६,९९९



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ