arrow

गण्डकीमा छैन अक्सिजन ग्यास अभाव, माग अनुसारकै आपूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
oxygen-cylinder-1620466948.jpg

पोखरा । गण्डकी प्रदेशमा अक्सिजन ग्यासको अभाव नभएको बताइएको छ । प्रदेशका ११ वटै जिल्लामा आवश्यकता अनुरूपमा अक्सिजन आपूर्ति भइरहेको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयले आज आइतबार सार्वजनिक गरेको जिल्लागत अक्सिजन विवरणमा लमजुङ, तनहुँ र मनाङमा बाहेक अन्य आठ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएर उत्पादनसमेत भइरहेको छ । लमजुङ र मनाङमा प्लान्ट स्थापना भएको तर ग्यास उत्पादन प्रक्रियामा रहेको छ भने तनहुँमा प्लान्ट स्थापनाका लागि टेन्डर प्रक्रिया सुरु भएको छ ।
 
गण्डकीमा ५६ सय ३२ अक्सिजन ग्यास सिलिन्डर रहेकोमा दैनिक ८०० सिलिन्डर ग्यास खपत हुने गरेको छ । यी सबै ग्यास पर्याप्त मात्रामा आपूर्ति भइरहेको तथ्याङ्कले जनाएको छ । गण्डकीमा १४ सय ८९ सिलिन्डर अक्सिजन ग्यास उत्पादन भइरहेको निर्देशनालयले जनाएको छ । 

विस्तृत विवरण यहाँ हेर्नुहोस्

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ