arrow

कोरोना महामारी : गण्डकीमा थप २४ जनाको मृत्यु

८५९ जना संक्रमित थपिए

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ ३ सोमबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट कास्कीमा नौ जनासहित गण्डकी प्रदेशमा थप २४ जनाको मृत्यु भएको छ । जसमध्ये पोखरामा मात्रै १८ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मृत्यु हुनेमा कास्कीका नौ जना, स्याङ्जाका पाँच, म्याग्दीका एक जना, पर्वतका तीन जना, गोरखाका एक जना छन् । 

यसै गरी लमजुङका एक, तनहुँका दुई, बागलुङका एक र नवलपरासी पूर्वका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसङै गण्डकी प्रदेशको कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४०७ जना पुगेको छ । जसमा सबैभन्दा धेरै कास्कीका २०९ र सबैभन्दा थोरै मुस्ताङका दुई जना छन् । 

कोरोना संक्रमणबाट कुनै पनि नागरिकको मृत्यु नहुने गण्डकीको एक मात्र जिल्ला मनाङ हो । यो जिल्लामा ७० जना संक्रमित भएकोमा २८ जना निको भएका छन् भने ४१ जना सक्रिय अवस्थामा छन् । 

८५९ जना कोरोना संक्रमित थपिए
गण्डकीमा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै कास्कीका ४०८ जना छन् । 

यस्तै, मनाङमा पाँच, म्याग्दीमा ८४, पर्वतमा २१, लमजुङमा ७९, तनहुँमा २३ जना संक्रमित थपिएका हुन् ।

यसै गरी बागलुङमा ६२, स्याङ्जामा ३५ र नवलपरासी पूर्वमा ८४ जना संक्रमित थपिएको प्रवक्ता डा. शर्माले जानकारी दिए । 

आज थपिएका संक्रमितमध्ये ४०४ जना महिला र ४५५ जना पुरुष छन् । आज थपिएका संक्रमित सहित गण्डकी प्रदेशमा कुल संक्रमितको सङ्ख्या २९ हजार ४१ जना पुगेको छ ।

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या ८८ सय ९२ जना पुगेका छन् । जसमध्ये सबैभन्दा धेरै कास्कीमा चार हजार ११ जना छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ