arrow

गण्डकी प्रदेशमा थप १५ जनाको मृत्यु, ९ सय ५९ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु थप १५ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको हो ।
 
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । सोमबार २४ जनाको मृत्यु भएकोमा आज मङ्गलवार घटेर १५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये आज सबैभन्दा धेरै बागलुङका चार जना छन् । यस्तै, मुस्ताङका दुई, पर्वतका एक, तनहुँका दुई, कास्कीका तीन, स्याङ्जाका एक र नवलपरासी पूर्वका दुई जना छन् ।

यसैबिच गण्डकीमा आज ९५९ जना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

संक्रमितमध्ये ४८० जना पुरुष र ४७९ जना महिला छन् । योसहित गण्डकी प्रदेशमा कूल संक्रमितको सङ्ख्या ३० हजार पुगेको छ । जसमध्ये ९१ सय ८० जना सक्रिय संक्रमित हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ