arrow

चौकीमा मुद्दाको चाप घटेपछि प्रहरीहरु अक्सिजन सिलिण्डर वितरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
policeee-sangaa.jpg

स्याङजा । कोरोना महामारीको जोखिम वढेसँगै स्याङ्जाको वालिङमा रहेको थुनुवा कक्ष खाली भएपछि प्रहरीहरु कोरोना संक्रमण नियन्त्रण र विरामीको सहयोगमा जुटेका छन् ।

जिल्लाको ११ पालिकाहरु मध्ये वालिङ् नगरपालिका सहित ४ नगरपालिका र १ गाउँपालिकाको मुद्दा चल्ने प्रहरी कार्यालयमा दर्जनौ मुद्दाका दजर्नौ अभियुक्तहरु हुने गरेपनि हाल कोभिड महामारीको कारण थुनुवा कक्ष खाली भएपछि प्रहरीहरु नै कोरोना संक्रमण नियन्त्रणमा लागेका हुन् ।

थुनुवा कक्ष खाली र मुद्दाको चाप पनि कम भएकोले  प्रहरी निरिक्षण हरि प्रसाद पौडेलको नेतृत्वको टिम यतिबेला आवश्यकता अनुसार अक्सिजन सिलिण्डर वितरणमा लागेको हो । विभिन्न अक्सिजन वितरण केन्द्र तथा ग्यारेजहरुबाट ५४ थान सिलिण्डर बरामत गरी गह्रौ प्राथमिक अस्पतालको रोहबरमा वडा प्रहरी कार्यालयबाट आवश्यकता अनुसार वितरण गरिएको छ। 

झण्डै १० महिना पहिलेदेखि वडा प्रहरी कार्यालयको कमाण्ड समाल्दै आएका प्रहरी निरिक्षक पौडेलको सक्रियताका कारण ठुला अपराधहरु हुन नपाएको स्थानीयहरु बताउछन् । ‘अहिले मुद्दा चलिहाल्ने प्रक्रियाका घटनाहरुमा कमि आएका छन्’ प्रहरी निरिक्षण पौडेलले भने गाउँघरमा हुने सानातिना घटनाहरुलाई स्थानीय वडा अध्यक्ष तथा स्थानीयबासीको रोहबरमा सम्बन्धित् ठाउँमै नै मिलाउने गरेका छन् । जसले गर्दा अहिले हाम्रो थुनुवा कक्ष खाली भएको हो ।”

सानातिना घटनाहरुमा पनि प्रहरी कार्यालय आएर मिलापत्र गर्ने गरिन्छ तर कोभिड संक्रमणका कारण स्वंम प्रहरी तथा स्थानियहरुलाई पनि कोभिडको जोखिम हुने हुँदा स्थानिय स्तरमा समाधान गर्ने गरिएको छ ।

‘अहिले सम्पुर्ण विश्वनै कोभिडका कारण भयवित छन्, जसले गर्दा मानिसहरु घर भित्रै छन् तर पनि गाउँघरमा सानातिना घटना भैरहन्छन् ।’ भिरकोट नगरपालिका वडा नं.५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले भने ‘ती सानातिना घटनाहरुलाई प्रहरी कार्यालयमा जानकारी गराई गाउँमै मिलाएका छौँ ।’ सानातिना घटनाहरु गाउँमै मिलाउँदा जोखिम कम हुने भएपनि अलि गम्भीर प्रकृतीका घटनाहरुलाई भने गाउँमै मिलाउन छुट नदिने प्रहरी निरिक्षक पौडेलको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ