- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री केपी ओलीलाई सिंहदरबारमा भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
बढ्दो कोरोना महामारीमा पनि सरकारले चित्त बुझ्दो काम नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन् ।
भेटमा कांग्रेस सभापति देउवासहित नेता कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशसरण महत, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र नेता डा.रामसरण महत सहभागी थिए।
कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने खोपको आपूर्तिमासमेत सरकारले चासो नदिएको भन्दै आपत्ति जनाउदै आइरहेको छ ।
यसैगरी संक्रमितको उपचारका लागि आवश्यक पर्ने औषधी, अक्सिजन, भेन्टिलेटर तथा आइसीयु बेडकोसमेत अभाव भइरहेका बेला कांग्रेसले ती वस्तुमा सर्वसाधारणको सहज पहुँच बनाउन भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसको कोभिड अनुगमन समितिका सदस्य प्रभु बुढाथोकीले कोभिड–१९ नियन्त्रण तथा रोकथाममा पार्टीको सुझाव दिनका लागि प्रधानमन्त्रीलाई भेटेका हुन् । पार्टीले सातै प्रदेशमा गरेको भर्चुअल बैठकबाट आएका विषय ज्ञापन पत्रमा रूपमा बुझाइएको उनले बताए ।
कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा सरकारले गरिरहेका कामको अनुगमन गर्न सहमहामन्त्री डा.प्रकाश शरण महत संयोजकत्वमा समिति नै बनाएको छ । सो समितिले सातै प्रदेशमा विभिन्न माध्यमबाट कार्यक्रम गरी अवस्थाको बारेमा जानकारी लिंदै आइरहेको छ ।