arrow

फेरि तटस्थ राख्न ठाकुर-महतोलाई फकाउँदै ओली

शुक्रवार बिहानसम्म अर्को निर्णय हुन पनि सक्छ : जसपा नेता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ जेठ ६ बिहिबार
kp-oli111-1619858602.jpg

काठमाडौँ। बैकिल्पिक सरकार गठन हुन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोलाई फेरि तटस्थ राख्न प्रयास गरेका छन्। यसको लागि प्रधानमन्त्रीले बिहीबार साँझ ठाकुर र महतोसँग कुराकानी गरेका थिए। कुराकानी गर्नु अघि ठाकुर र महतोलाई फकाउन ओलीले जसपाले राखेको एउटा माग पूरा गरे।

जन्म सिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने निर्णय ओलीले बिहीबार गरे। यो माग जसपाले उठाउँदै आएको माग हो। ठाकुर र महतो पक्षका एक नेताले फेरि पनि आफ्नो पक्ष तटस्थ बस्ने सम्भावना रहेको बताए। उनले भने,‘हाम्रा माग प्रधानमन्त्रीले पूरा गर्नु भएको छ। त्यसैले उहाँको विरुद्ध हामी जान सक्दैनौ।’ तर शुक्रवार बिहानसम्म अर्को निर्णय हुन पनि सक्ने ती नेताले बताए  उनले आफ्नो नाम खुलाउन चाहेनन्। पार्टीले आधिकारिक निर्णय नगरेकोले नाम खुलाउन नचाहेको उनको भनाइ छ।

यसअघि ठाकुर र महतो पक्षका सांसदहरू तटस्थ बसको कारण ओलीको विरुद्ध विपक्षीहरूले बहुमत पुर्‍याउन सकेनन्। विपक्षीहरूले बहुमत पुर्‍याउन नसके पछि ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएका थिए। यस पटक पनि ठाकुर महतो पक्ष निर्णायक भएका छन्।

जसपाको उपेन्द्र यादव पक्ष भने ओलीको विरुद्ध बहुमत पुर्‍याउन सक्रिय हुने भएको छ। यादव पक्षका एक सांसदले ओलीविरुद्ध बहुमत पुर्‍याउन ठाकुर –महतो पक्षसँग शुक्रवार बिहान निर्णायक वार्ता हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ