arrow

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कांग्रेस रणनीति बनाउँदै, पदाधिकारी बैठक जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बसिरहेको हो । 

राष्ट्रपतिबाट संविधानको व्यवस्था विपरीत गएर नयाँ सरकार गठनका लागि आह्वान गरिएपछि अब चाल्ने कदमबारे निर्णय गर्न कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बैठकमा बोलाएको हो । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा राष्ट्रपतिबाट चालिएको असंवैधानिक कदम सहितका विषयमा छलफल हुने जानकारी दिए । 

बैठकले संविधानको धारा नाघेर धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान भएको अवस्थामा नयाँ रणनीति बनाउने बताइएको छ ।
 



नयाँ