arrow

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मिचेको ठहरसहित खुला विकल्पमा जाने कांग्रेसको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान मिच्ने प्रवृत्तिविरुद्ध सबै विकल्पमा जाने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनामा ठेस पुर्याएको निष्कर्षसहित संविधानको रक्षार्थ सबै विकल्प खुला राखेर अघि बढ्ने निर्णय गरेको हो ।
 
त्यसका लागि सबै दलसँग छलफल गरेर अघि बढ्ने निर्णय बैठकले गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । 

बैठकले संसदमा विश्वासको मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेसमेत बताएको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्टपतिबाट आह्वान हुनु गलत भएको कांग्रेसले भनेको छ । 

सरकार गठनका लागि राष्ष्टपतिले दिएको समयसीमाका विषयमा पनि कांग्रेसले असन्तुष्टि जनाएको छ ।



नयाँ